दफा ७
विदेशस्थित विवाह अधिकारीलाई शङ्का लागेमा अपनाउने कार्यविधि
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशस्थित विवाह अधिकारीलाई प्रस्तावित विवाहका सम्बन्धमा कुनै शङ्का लागेमा त्यस्तो अधिकारीले निर्णयका लागि नेपाल सरकारमा पेश गरी नेपाल सरकारको निर्णय बमोजिम गर्नु पर्नेछ । यस्तोमा नेपाल सरकारको निर्णय प्राप्त नभएसम्म विवाह गराइने छैन ।